KB · Hymns · #539
घन्कियो-घन्कियो डम्फुको तालै घन्कियो
G
Chorus
(घन्कियो-घन्कियो डम्फुको तालै घन्कियो) (२)
पाखा-पखेरो थर्कियो, थर्कियो पहाड़-मधेस,
गाउँ-बेँसी, रमाइलो
खुशीको सन्देश सुनाउँदै ख्रीष्ट जन्म दिवस मनाउँदै
(घर-आँगन-संसारै उज्यालो) (२),
(घन्कियो...) (२)
Verse
(नाचन मैच्याङ्ग, नाचन (है), नाचन आ-हा-आ)
समलामा कम्मर भाचन ) (२)
भविष्यवाणी त्यो जो पूरो हुने भो’
(इम्मानुएल ख्रीष्टको जन्म भो’ (हो हो)) (२)
घन्कियो घन्कियो
Verse
(सुनन पारङ्ग, सुनन (है), सुनन, (आ, हा, आ)
मनमा कुरा गुनन, गुनन (आ, हा, हा))
स्तुति र प्रशंसा गरेर प्रभुको
हृदयमा उनलाई राखन (२)
घन्कियो घन्कियो