प्रभुको वाणी सनन साथी
E3/4
Chorus
प्रभुको वाणी सनन साथी, समय यो हुँदा नै,
(दुइ दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र ?) (२)
Verse
यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन बित्दैछ (२)
छोटो यो जीवन बितेर जान्छ, लानु त के छ र ? (२)
Verse
मरणपछि कसैलाई आगो, कसैलाई मट्टीमा (२)
मुक्ति नपाए आत्मा त पर्छ, नरकको भट्टीमा (२)
Verse
ज्ञानी र मूर्ख गरीब र धनी नमर्ने को छ र ? (२)
प्राण गएपछि साँचो न्यायबाट को पो उम्कन्छ र ? (२)
Verse
‘म दिन्छु शान्ति उद्धार र मुक्ति’ प्रभुको वाणी छ, (२)
यै प्रभुमाथि विश्वास गरी उद्धार पाउनु छ (२)