KB · Hymns · #744
सर्वशक्तिमान राजा, तपाईंको स्तुति गाउन
E3/4
Verse
सर्वशक्तिमान राजा, तपाईंको स्तुति गाउन
सघाउनुहोस् ! महामहिम पिता, सर्वोच्च विजेता
राज गर्नोस् हामीमा, प्राचीन दिनका ।
Verse
देहरूपी वचन, लिनोस् आफ्नो तलवार
प्रार्थना सुन्नोस्, आशिष खन्याउनुहोस्, वचन फैलाउनुहोस्
पवित्रताको आत्मा दिनुहोस् ।
Verse
पवित्र शान्तिदाता, आनन्दको यो घडीमा
साक्षी दिनोस्, पूर्ण सामर्थ्यमा, हरेक हृदयमा
आत्मा सामर्थ्यका, रहनोस् सदा ।
Verse
त्रिएक महान् प्रभुलाई, स्तुति होस् अनन्तलाई
महामहिम सदाकाल सार्वभौम, महिमामा देख्न पाऊँ
अनि अनन्तलाई, प्रेम आदर गाऊँ ।