KB · Hymns · #650
हामीले बोलेका बादलका
E4/4
Verse
हामीले बोलेका बादलका मायाहरू हाम्रा रङ्गिन शीतका सपनाहरू (२)
चुड़िन सक्छ भत्कन सक्छ
तर ख्रीष्टको प्रेम जो छ सदा बगिरहन्छ
प्रेम (३) (सदा बगिरहन्छ) (२)
Verse
मानव मर्दछ इज्जत छुट्दछ जिन्दगीको अर्थ नै हराएपछि (२)
धन हराउँदछ दौलत कुहुन्छ प्रेमको अस्तित्व गुमाएपछि (२)
तर ख्रीष्टको प्रेम जो छ सदा बगिरहन्छ
प्रेम (३) (सदा बगिरहन्छ) (२)
Verse
आशा मर्दछ हर्ष उड़्दछ प्रीतिको फूल ओइलिएपछि (२)
सपना टुट्दछ कल्पना फुट्दछ जिन्दगीको डोरोमा हराएपछि (२)
तर ख्रीष्टको प्रेम जो छ सदा बगिरहन्छ
प्रेम (३) (सदा बगिरहन्छ) (२)