KB · Hymns · #603
जाग उठ निद्राबाट
F3/4
Chorus
जाग उठ, निद्राबाट जागृतको बेला आएको छ,
रात धेरै नै वितिसक्यो,
अब दिन आउनै लागेको छ ।
Verse
ज्ञानी कुमारी झैं पर्खनेहरू,
दुलहाको घरमा प्रवेश गर्छन् (२)
मूर्ख कुमारी झैं जिउनेहरू,
“खोल न खोल ढोका” भन्दै रुन्छन् (२)
Verse
ज्योतिका हतियारलाई धारण गरी,
ख्रीष्टका असल सेवक बनौं (२)
विश्वासको उत्तम लड़न्त लड़ी,
जीवनको मुकुट प्राप्त गरौँ (२)
Verse
हठी र बागी मानिस बनी,
संसार मै किन फर्कि जान्छौ (२)
दुइ दिनको सुखलाई रोजी तिमी,
युगानुयुगसम्म किन रुन्छौ ? (२)
Verse
प्रतिपल आफैले आफैलाई जाँची,
पश्चात्तापी हामी बनिँदै जाऔँ (२)
नजीक छ अब न्यायको घड़ी,
निर्दोष र निष्कलंक बनिँदै जाऔँ (२)