KB · Hymns · #370
स्वर्गीय पिता ईश्वर तार्नोस्
D4/4
Verse
स्वर्गीय पिता, ईश्वर तार्नोस् सागरमाथि हामीलाई
रक्षा, अगुवाइ, पालन गर्नुहोस् खालि सहायक तपाईं
हामी पनि हुन्छौँ धनी, ईश्वर हाम्रा पिता भए ।
Verse
पाप, भूल जान्ने मुक्तिदाता, क्षमा गर्नोस् हामीलाई
हामीभन्दा अघि हिँड़्नुभो’ दुःख खाँदै संसारको
मरुभूमिबाट घुमी लाग्यो शून्य, प्यास, थकाई ।
Verse
ओर्ली हे पवित्र आत्मा, मनमा आनन्द भर्नुहोस्
प्रेम हर अनुभवको साथमा दिव्य हर्ष दिनुहोस्
यस्तो युक्ति, अगुवाइ, मुक्ति पाई हाम्रो मेल रहोस् ।