KB · Hymns · #111
कलवरी डाँड़ाको महा दुःख
G4/4
Chorus
कलवरी डाँड़ाको महा दुःख सहनुपर्यो प्रभुले
मजस्तो पापीलाई बचाउन क्रुसैमा प्राण दिए
Verse
कतिको निन्दा, कतिको थुक, कतिको भनाइ सहेर (२)
त्यो गह्रौँ क्रूस बोकेर गलगथा पुर्याए ।
Verse
सिपाहीहरू मिलेर येशूलाई क्रूसमा चढ़ाए (२)
उनैका वस्त्र फुकाई चिठ्ठा लगाए ।
Verse
हातैमा काँटी, पावैमा काँटी ठोके दुश्मनहरूले (२)
कोखामा भाला हानेको सहे प्रभु येशूले ।
Verse
जब क्रूसमा चढ़ाए, येशूकी माता मरियम (२)
रुँदै-रुँदै आइपुगिन् येशूको छेवैमा ।
Verse
हे दाज्यू-भाइ, हे दिदी-बहिनी, पश्चात्ताप गरौँ हामीले (२)
दिनेछन् हामीलाई मुक्ति प्रभु येशूले ।