KB · Hymns · #710
जीवनको गोरेटोमा प्रभु येशू डोर्याउनुहोस्
Chorus
जीवनको गोरेटोमा, प्रभु येशू डोर्याउनुहोस्
पवित्र आत्माले भरेर, प्रभु मलाई चलाउनुहोस् (२)
Verse
येशूरहित जीवनमा शान्ति कहीँ पाइनँ (२)
येशू आए मकहाँ, पाप-क्षमाको निश्चयता
(पाएँ मैले भित्र मनमा) (२)
Verse
मृत्युबाट आत्मा मेरो, प्रभु ख्रीष्टले बचाउनुभयो (२)
आँखाबाट आँसु मेरो, प्रभु ख्रीष्टले पुछिदिनुभयो
(कमजोर पाउलाई बलियो बनाउनुभयो) (२)