KB · Hymns · #645
साँचो शान्ति खोज्नेहरू
Gm4/4
Chorus
(साँचो शान्ति खोज्नेहरू आँसु पिउँदै बाँचिरहेछन्,
सुखविलास रोज्नेहरू
येशू विना मरिरहेछन्, येशू विना मरिरहेछन्) (२)
Verse
(अस्तव्यस्त संसारलाई नियालेर हेर्दा
मान्छेको मूल्य केही पनि छैन) (२)
बाटो सत्य र जीवन यहाँ (२),
येशू बाहेक अरु कोही पनि छैन (२)
(साँचो ईश्वर खोज्नेहरू निराश बनी रोइरहेछन्,
सुखविलास रोज्नेहरू
येशू विना मरिरहेछन्, येशू विना मरिरहेछन्) (२)
Verse
(संसारको घटनाले यही संकेत दिन्छ,
येशूको आगमन चाँड़ै नै हुँदैछ) (२)
बाइबलको वचनले सत्य सत्य भन्छ (२),
येशू राजा फेरि आउनुहुँदैछ (२)
(उद्धार मुक्ति खोज्नेहरू विवश बनी बाँचिरहेछन्,
सुखविलास रोज्नेहरू
येशू विना मरिरहेछन्, येशू विना मरिरहेछन्) (२)