KB · Hymns · #220
यो सारा संसार सपनाजस्तो छ
C2/2
Verse
यो सारा संसार सपनाजस्तो छ (२)
सपनामा कहाँ थियौ, जागिउठ्दा कहाँ छौ ? (२)
Verse
यस्तै नै हे भाइ हो हाम्रो हालत छ (२)
प्राणै छुटेपछि ता संसारै अदृश्य (२)
Verse
कोही छैन संसारमा पापदेखि बचाउने (२)
येशूबाहेक कोही छैन स्वर्गमा लैजाने (२)
Verse
छोड़िदेऊ भाइ-बहिनी संसारको कुकर्मलाई (२)
लौ ग्रहण गर सबैले स्वर्गको बाटोलाई (२)
Verse
संसारको मायामा भुलेर नबस (२)
त्यसो गर्यौ भने ता नरकुण्ड अवश्य (२)
Verse
आफ्नो यो प्राण हुँदा खोज है कर्तालाई (२)
उनैले सबै पापीलाई दिन्छन् पाप छुटाई (२)