KB · Hymns · #378
हे परमेश्वर तिमी नै हौ
G2/4
Chorus
हे परमेश्वर तिमी नै हौ मेरो भरोसा, तिमीमा छ सधैँ
Verse
मेरो जीवनको बाटोमा प्रभु, भरोसा तिम्रो येशू लिई
अघि बढ़्दै बढ़्दै जाँदैछु जीवनको कदममा ।
Verse
तिम्रो ज्योतिको किरणलाई प्रभु जीवन र पथ प्रदर्शक बनाई
स्तुति प्रभु गाउँदै-गाउँदै छु, बढ़्दै-बढ़्दै जाँदैछु ।
Verse
मेरो जीवनको यात्रालाई सामर्थ तिम्रोले भरी
तन, आत्मा र प्राणमा प्रभु सफल सिद्ध तुल्याइदेऊ ।