KB · Hymns · #712
बौरिउठ्नुभएको प्रभु येशूको चरणमा पर्छु
Chorus
बौरिउठ्नुभएको प्रभु येशूको चरणमा पर्छु
घुँड़ा टेक्दै दण्डवत् गर्छु, प्रभुलाई म प्यारो गर्छु ।
Verse
भज्दै, पुज्दै, स्तुति गाउँदै, हृदयबाट धन्यवाद दिनेछु
उनको मुहार हेरिबस्दै, उनको आवाज सुनिरहनेछु ।
Verse
मेरो अरु कोही छैन, हजुरबाहेक कोही छैन
हजुरको हात समातेर कहिले पनि छोड़्नेछैन् ।