KB · Choruses · #286
तपाईंसँग सँगै येशू मलाई उठाउनुहोस्
G
तपाईंसँग-सँगै येशू मलाई उठाउनुहोस्,
ख्रीष्ट अनुग्रहको हातले उक्लनसकूँ
म यो पर्वतमा तपाईंसँग-सँगै ।
(एक दिन) (२) यो पर्खाल तोड्नुछ मैले,
(एक दिन) (२) पानीमाथि हिँड्नुछ मैले
(एक दिन) (२) उच्च भूमिमा चढ्नुछ मैले,
येशू मलाई छुनुहोस् तपाईंको प्रेमिलो हातले
गहिरिनसकूँ म प्रेम सागरमा तपाईंसँग-सँगै,
ब्याकुल छु म वचन देह भएको हेर्न
फुकाई निकाल्नुहोस् मभित्रको नदीलाई बाहिर,
जिउन चाहन्छु यथार्थ येशूको नाउँमा ।