KB · Hymns · #27
यरूशलेम शहरको बेथलेहेम गावैँमा
D2/4
Verse
यरूशलेम शहरको बेथलेहेम गावैँमा, हाम्रो प्रभु येशू जन्मे गोठैमा
थियो ओछ्यान परालको, कोक्रो उनको डुँड़ै भो’, आनन्दित भई, हर्ष गरौँ सबैले ।
Verse
त्यै रात गोठालाहरू भेड़ा कुर्दै थिए, एउटा दूत अचानक आई समाचार दिए
संसारैको लागि मुक्तिदाता जन्मे, येशूलाई हेर्न जाऊ बेथलेहेममा ।
Verse
गोठालाहरू गर, देखे डुँड़ैमा येशू, दूतले भनेझैँ पाए मुक्तिदातालाई
हर्षित र आनन्दित भई गरे दण्डवत् सबैले, खुशी भई रमाउँदै घर फर्के ।
Verse
ज्योतिषीहरू पनि पूर्वदेखि आए तारा हेर्दै-हेर्दै येशूलाई भेट्नु
देखि दण्डवत् गरे सबले, भेटी चढ़ाए खुशी भई रमाउँदै घर फर्के ।
Verse
हामी सबै मिली दण्डवत् गरौँ ईश्वरलाई, उनले आफ्ना पुत्र दिए मुक्तिदान
उनमा विश्वास गर्नेले पाउने छन् त्राण, मुक्ति, आनन्दित भई हर्ष गरौँ सबैले ।