KB · Hymns · #203
आऊ आऊ येशूकहाँ आऊ उनले डाक्दैछन् अहिले
C2/2
Chorus
आऊ, आऊ, येशूकहाँ आऊ, उनले डाक्दैछन् अहिले
थाकेका सबै, भारीले थिचेको, पापदेखि मुक्ति उनैमा पाउँछ
Verse
येशू ख्रीष्टले डाकेका सुनेर ध्यान नदिएको किन ?
संसारमा दुःख कति सहन्छौ, मेहनत गर्छौ, चैन पाउँदैनौ
Verse
डाक्दैछन् अहिले भाइ, ठाउँ खाली छ, मौका पाउँदैनौ फेरि,
बेला छैन, दिन बितिजान्छ, संसारमा अँध्यारोले छोप्छ
Verse
येशू ख्रीष्टको नाउँदेखि बाहेक मुक्ति पाउँदैनौ कहिल्यै
उनैमा छ सब पापीदेखि छुटकारा, दिनुसक्छ खुशी उनले मात्र भाइ