KB · Hymns · #726
निराशा होइन आशामा अन्धकार होइन ज्योतिमा
Chorus
निराशा होइन आशामा, अन्धकार होइन ज्योतिमा
बोलाउँदैछन् येशू प्रभु, उनको प्रेमी हात फैलाइ ।
Verse
पापीको पापलाई धुनलाई, बलि भए ख्रीष्ट क्रूसैमा
हामीलाई नयाँ जीवन दिन, रगत बगाए सित्तैमा ।
Verse
जीवन छ आज ख्रीष्टमा, पापमा मर्नहरूलाई
बोलाउँदैछन् येशू सदा, उनको प्रेमी हात फैलाई ।