शिशिर यामको जाडोमा
Verse
शिशिर यामको जाडोमा डिसम्बरको महिनामा
बेथलेहेम गाउँको गोठैमा मुक्तिदाता प्रभु येशू
जन्मनु भयो लौ सुन सबैले
डम्फुको तालमा गाउँ है सबैले
Verse
लौ है अस्यंग मलेजु लौ है नाना फुफाजु
हजुरहरुलाई यो राम्रो खबर छ
डम्फुको तालमा गाउँ है सबैले
जन्मनु भयो लौ सुन सबैले
Verse
आगो त ताप्नु चुलाको खबर दिनु बुलाको
स्तुति र महिमा दिनलाई उठन
डम्फुको तालमा गाउँ है सबैले
जन्मनु भयो लौ सुन सबैले
Verse
क्या राम्रो हाम्रो बडा दिन छैन हामीलाई ठ्याम्मै ऋण
महिमामा प्रभु येशू आउनुभो
डम्फुको तालमा गाउँ है सबैले
जन्मनु भयो लौ सुन सबैले