KB · Hymns · #556
ब्युँझ-ब्युँझ है हे ख्रीष्टीय सन्तान हो
E4/4
Chorus
ब्युँझ-ब्युँझ है हे ख्रीष्टीय सन्तान हो,
जाग-जाग है हे ख्रीष्टीय युवा हो,
जाग है, ब्युँझ है, ढीलो नगर (ख्रीष्टीय युवा हो) (२)
Verse
जीवनमा नैराश्य र हुरी-बतास र आँधी आउँछ
तर्साउने चट्याङ्ग अनि कालो बाक्लो बादल छाउँछ ।
सतावटको छालसँगै, रगतको आहालसँगै, सिङ्गो हिमालसँगै,
येशूको साथ-साथै, जाग है, उठ है (हे ख्रीष्टीय युवा हो) (२)
Verse
सुस्ताउने बेला होइन, सुस्केरामा जिउनु हुन्न,
तर्साउने बादल अनि कालो बाक्लो बादल छाउँछ ।
सलल बगाउँदै, हातमा हात मिलाउँदै, फुट्नेहरूलाई जुटाउँदै
(सुत्नेहरूलाई जगाउँदै उठ है) (२)