KB · Hymns · #151
हे प्रेममय प्रभु
G3/4
Verse
हे प्रेममय प्रभु, तपाईंको वाक्य
(अमृततुल्य छ) (२)
प्रभु, अमृततुल्य छ
सुनेर प्रेममय तपाईंको वाक्य
(प्राण मेरो रहन्छ) (२)
प्रभु, प्राण मेरो रहन्छ ।
Verse
घोर अन्धकारमा मार्ग र ज्योति
(तपाईंको वाक्य छ) (२)
प्रभु, तपाईंको वाक्य छ
छ भने केही शंका यदि
(तपाईंसाथ छन् येशू) (२)
प्रभु, तपाईंसाथ छन् येशू ।
Verse
दुइ धारे खङ्गतुल्य तपाईंका
(तेजिला वाक्य छन् येशू) (२)
प्रभु, तेजिला वाक्य छन्
शत्रु हातदेखि रक्ष गरोस्
(छ निर्बल हाम्रो मन) (२)
प्रभु, छन् निर्बल हाम्रो मन ।
Verse
शोक र सन्ताप, पाप र जीवन
(यी सबका बास छन्) (२)
प्रभु, यी सबका बास छन्
तपाईंको शान्तपूर्ण वाक्यले
(राख्नुहोस् हाम्रो प्राण) (२)
प्रभु, राख्नुहोस् हाम्रो प्राण ।