पवित्र आत्मा आउनुहोस् तुल्याउन मेरो मन निर्दोष
G3/4
Verse
पवित्र आत्मा, आउनुहोस् तुल्याउन मेरो मन निर्दोष
होइरहन ज्योति, अगुवा चलाउन सोच, बात, बेहोरा ।
Verse
देखाउनू ज्योतिको सत्यता र हिँडूँ देखाइएको झैँ
लगाउनू मेरो मनमा डर, म हिँडूँ आज्ञाको अनुसार ।
Verse
सधैँ पापदेखि राख्नूँ दूर, रुङ्गेर पूरापूर
लिइहिँड़्नू ईश्वर भए ठाउँ, म उनको आड़मा विश्राम पाऊँ ।
Verse
लिइहिँड़नू पवित्रतामा, म बस्न पाऊँ ईश्वरकहाँ
लिइहिँड़नू वचनको अन्सार, म सिकूँ उनको ज्ञान अपार ।
Verse
लिइहिँड़्नू गरी उपकार, म पाऊँ खाँचोको गोहार
लिइहिँड़नू आफूकहाँ मलाई, अनुग्रह हितका मूल तपाईं ।