KB · Hymns · #179
तपाईंले दिनुभएको दिन गइगयो
G3/4Translated
Verse
तपाईंले दिनुभएको दिन गइगयो, अब आज्ञा दिनुभो’ हवस् रात
बिहान तपाईंको स्तुति गायौँ, बिसाऔँ पनि स्तुतिसाथ ।
Verse
होस् धन्यवाद तपाईंको, मण्डली भूमण्डल घुम्दा-घुम्दामा
न दिउँसो न ता राती सुती सब भूलोकभर बस्छ पहरा ।
Verse
सब महाद्वीप र टापू हुँदो बिहानले दिन पुर्याउँदछ
कहिल्यै न टुङ्गिने बिन्ती गर्दा न गीतको स्वर चूप हुँदछ ।
Verse
जब हामी सुत्छौँ हाम्रो भाइ तब जाग्दछन् अर्को अर्द्धमा
र घण्टा-घण्टा अर्का जनले उचाल्दछन् नाउँ प्रभुको ।
Verse
आमिन् हे प्रभु, राज्य तपाईंको टल्दैन राज्य संसारका झैँ
तै स्याँठ्ठै नमासिञ्ज्यालसम्म अनन्त बढ़्दैछ बढ़्दै ।