KB · Hymns · #205
सम्झिदेऊ, बुझिदेऊ, हृदयमा राखिदेऊ
G2/2
Chorus
सम्झिदेऊ, बुझिदेऊ, हृदयमा राखिदेऊ बिन्ती हाम्रो
प्रभुको निम्तो छ तपाईं दाज्यू-दिदी-बहिनीलाई, प्रत्येक जवानलाई
Verse
ख्रीष्ट आए यस संसारमा उठाउन पापको भार
सही दुःख, बहाई रक्त गराउन मृत्यु पार गर्नलाई परम उद्धार ।
Verse
जवानीपनमा याद गरी, सम्झ सृजनहारलाई
पापमा डुबी, संसारमा भुलिबस्छौ किन भाइ, फर्क येशूकहाँ ।
Verse
खोल तिम्रो हृदयको ढोका, खोलन, प्यारो भाइ
प्रभु चाहन्छन् तिम्रो आत्मा, हृदय, शरीरलाई, आउन देऊ प्रभुलाई ।