KB · Hymns · #356
मेरो जीवन यो प्रभु तिम्रै हो
D2/2
Chorus
मेरो जीवन यो प्रभु तिम्रै हो, मेरो आशा-उमङ्ग, प्रभु, तिमी नै
तिम्रै बनी रहीरहूँ अब बिन्ती यही छ सदालाई
Verse
मेरो जीवन यस्तो थियो कि झरेको फूल,
अन्योलमा बाँचेको भुलै-भुल,
रित्तिएको जिन्दगीमा कोही थिएन सार
मेरो निम्ति आशा केवल हारै-हार,
मैले जोश पाएँ, मैले होश पाएँ, सब दोषको माफ प्रभुमा पाएँ (२)
Verse
दमी-दमी सम्झेका ती जे-जति थिए
मेरो निम्ति ती सबै नै भार भए
जहाँ-जहाँ खोजिहिँड़े चाहिएका बात
मेरो निम्ति केही रहेन, सधैँ रित्तो हात,
मैले सत्य-जीवन र शान्ति खोजेँ, येशूमा बाहेक कहीँ पाइनँ (२)