KB · Hymns · #263
येशूको वाणी सुनेथेँ
Gm4/4
Verse
येशूको वाणी सुनेथेँ, “आऊ थकित, मकहाँ आऊ,
छौ पापको बोझले दबेका, ममाथि बोझ बिसाऊ” ।
मैले येशूकहाँ ल्याएथेँ, थकाइ र पाप र दुःख,
उनमा मैले विश्राम पाएँ, अब मलाई मिल्यो सुख ।
Verse
येशूको वाणी सुनेथेँ, “आऊ तिर्खाएका छेउ,
म जिउँदो पानी दिनेछु विश्राम गरेर पिऊ” ।
येशूकहाँ आई पिएँ जल त्यो जिउँदो खोलाको,
प्यास मेटियो, आत्मा ब्युँझ्यो, अब उनमा छु जिउँदो ।
Verse
येशूको वाणी सुनेथेँ, “म जगको हुँ ज्योति,
मतिर हेर, तिम्रो होस् प्रकाश जीवनभरि” ।
उनलाई हेरी बुझेँ मैले, घाम मेरो हुन् येशू,
त्यस जीवित ज्योतिमा हिँडू नसकुञ्जेल आयु ।