KB · Hymns · #340
येशूलाई म सब थोक दिन्छु
D4/4
Verse
येशूलाई म सब थोक दिन्छु, सबैथोक अर्पण गर्छु
प्रतिदिन तपाईंको साथमा प्रेम र विश्वासमा बढ़्छु ।
Chorus
सब थोक दिन्छु, म सब थोक दिन्छु म
मुक्तिदाता तपाईंलाई सब थोक दिन्छु म
Verse
येशूलाई म सब थोक दिन्छु, दण्डवत् गर्छु तपाईंलाई
सांसारिक इच्छा म छोड़्छु तपाईं लिनुहोस् मलाई ।
Verse
येशूलाई म सब थोक दिन्छु, आफ्नो बनाउनुहोस् मलाई
पवित्रात्मा हवस् साक्षी ख्रीष्ट हुन् मेरा, म ख्रीष्टकै ।
Verse
येशूलाई म सब थोक दिन्छु, मेरो जीवन लिनुहोस्
प्रेम र शक्ति ममा भर्नोस् आथिष्ले भरपूर गर्नोस् ।
Verse
येशूलाई म सब थोक दिन्छु, पवित्रात्मा याद गर्छु
पूरा मुक्तिमा खुशी छु, उनको नाउँको जय गाउँछु ।