KB · Hymns · #300
कलवरी डाँड़ाको त्यो क्रूसमा जहाँ ख्रीष्ट टाँगिए
D3/4
Verse
कलवरी डाँड़ाको त्यो क्रूसमा जहाँ ख्रीष्ट टाँगिए
कत्रो उदेकको त्यो प्रेम उनको ममा प्रकट गराए,
उनको हृदय छेड़ियो, हातमा कीलाको दाग
पाउ काँटीले जो घोचियो, मेरो तिम्रो यो भाग ।
Chorus
धन्य हो पाठो ईश्वरको स्तुति प्रभुको
येशूको गाउँदै रहनेछु यश सदा, उनको जय होस्
Verse
बाँच्ने उपाय अरू नदेख्ने म क्रूसमा गएँ
ख्रीष्टले आफ्नो दयाको हातले चङ्गा गराए,
उदेकको बदलाव ममा ल्याए ख्रीष्टले
हृदयको दुःख निकालेर आफ्नो शान्ति दिए ।
Verse
आऊ हे मित्र ख्रीष्ट प्रभुमा उनले बोलाउँछन्
हृदय अशान्तिले भरेको पापले दबेको जीवन,
पाप क्षमा र शान्ति ख्रीष्ट दिनेछन् उसलाई
अरू कोही दाता छैन प्रभु मसीह सिवाय ।