KB · Hymns · #546
वीर विरङ्गना युवाहरू
Chorus
वीर-विरङ्गना युवाहरू जरुरी छ यहाँ
जिउँदो बलिदान, सक्रिय सेवक बन्नलाई यहाँ (२)
Verse
ढुङ्गा हानी मार्नलाग्दा क्षमा दिनसक्ने,
प्राण जाँदा स्वर्गीय ढोका खोलिएको देख्ने (२)
हातमा मोटो काँटी ठोक्दा प्यार गर्न सक्ने (२)
युवा चाहिएको छ, के तिमी त्यो युवा हौ ? (२)
Verse
येशूको निम्ति दुःख सहँदा रमाउन सक्ने,
हेलित बनी झ्यालखानामा पर्दा
गीत गाउनसक्ने, गिल्ला, निन्दा,
अपमान गरिँदा आशिष् दिनसक्ने (२)
युवा चाहिएको छ, के तिमी त्यो युवा हौ ? (२)
Verse
“मेरो पछि लाग” भन्दा झट्टै पछि लाग्ने,
“त्यो ठाउँमा जाऊ” भन्दा विनाप्रश्न दिँड़्ने (२)
उहाँको निम्ति सबै-सबै, आफैसम्म, त्याग्ने
युवा चाहिएको छ, के तिमी त्यो युवा हौ ? (२)