KB · Hymns · #37
आउनु भो स्वर्गदेखि मुकुटलाई त्यागी
D4/4
Verse
आउनु भो’ स्वर्गदेखि मुकुटलाई त्यागी, मेरो लागि लिई अवतार
बेथलेहेमको गाउँमा थिएन ठाउँ आफ्नो लागि हे तारणहार
मकहाँ प्रभु येशू आउनोस्, मेरो हृदयमा धेरै छ ठाउँ
Verse
स्यालका हुन्छन् कुर र चराका गुँड़ तिनले लाउँछन् जंगलमा
तर तपाईंकै शिर राख्नलाई ठाउँ थिएन गालीलमा
मकहाँ प्रभु येशू आउनोस्, मेरो हृदयमा धेरै छ ठाउँ
Verse
जीवित वचन साथ लिई स्वर्गदेखि ओर्ली मुक्तिदान दिन आउनुभो
तर ठट्टाले क्रूसमा चढ़ाए, लगाई मुकुट काँड़ाको,
मकहाँ प्रभु येशू आउनोस्, मेरो हृदयमा धेरै छ ठाउँ
Verse
स्वर्गको द्वार खोलिँदा, दूतगणले गाउँदा, तपाईं महिमासाथ आउँदा
शब्द सुन्न पाउँ “तँलाई धेरै छ ठाउँ, मेरोछेउ सदा बस्न आ
मेरो मन तब खुशी हुन्छ, जब पिताकहाँ पुग्नेछु