KB · Hymns · #42
गाउँदै जाऔँ प्रभुको महिमा
F2/2
Chorus
गाउँदै जाऔँ प्रभुको महिमा उनैको जन्म दिवसमा
हाँस्दै बढ़ौँ उनकै सेवामा जगाउँदै नौलो भावना
उनैको जन्म दिवसमा, उनैको जन्म दिवसमा
गाउँदै जाऔँ प्रभुको महिमा, हाँस्दै बढ़ौँ उनकै सेवामा
Verse
खुशीको यो सुसमाचार, फैलाऔँ है दिशै चार (२)
आउनुभयो प्रभु संसारमा, निम्त्याऔँ है उनलाई हृदयमा ।
Verse
स्वर्गराजको वैभवलाई त्यागेर, आए मानिस रूप लिएर (२)
आउनुभयो प्रभु संसारमा, निम्त्याऔँ है उनलाई हृदयमा ।
Verse
पापीको बिन्ती सुन्नलाई, स्वर्गका ढोका खोल्नलाई (२)
आउनुभयो प्रभु संसारमा, निम्त्याऔँ है उनलाई हृदयमा ।