KB · Hymns · #502
हेर न हेर सृष्टिको सुन्दरता
D4/4
Chorus
हेर न हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महानता
धनी र गरीब दुवै मिलेर
भन्न सक्छ प्रभु धन्यवाद!
Verse
खेतका आलीहरू, अन्न र बालीहरू
बादल, वृष्टि र बतासहरू (२)
चरा-चुरूङ्गी उड्दै माथि आकाश छुँदा (२)
बैकुण्ठै पुगिदिन्छ मन मेरो ।
Verse
अनौठो बातहरू जीव-जीवातहरू
उज्यालो दिन अनि रातहरू
असंख्या जातिहरू विभिन्न रीतहरू (२)
उदेकले भरिन्छ यो मन मेरो ।
गर न गर ईश्वरको प्रशंसा
सम्पूर्ण हृदयको उपासना
मान्छे-मान्छेको सबै भिन्नता
मेटियो हेर उनको आँगमनमा ।