Verse
म त्यो होइन जे संसारले भन्छ
म त्यो होइन जे संस्कृतिले ठान्छ
म त्यो होइन जे मित्रले ममा देख्छ
(को हुँ म के हो त मेरो परिचय) २
Verse
म त्यो होइन जे सफलता मा पाउछु
म त्यो होइन असफलता जे भोग्छु
म त्यो होइन जे सुकर्म म गर्छु
(को हुँ म के हो त मेरो परिचय) २
Chorus
म त हुँ ईश्वरको नयाँ सृष्टि
म त हुँ जीवित प्रभुको आराधक
म त हुँ महिमित प्रभुको मन्दिर
म त हुँ राजा येशुको दुलही
Outro
म हुँ जो पिताले भन्नु हुन्छ
म हुँ त्यो वचनमा जे लेखिएको छ

NepaliHymns