KB · Hymns · #548
के होला यो जीवन भनेको
G6/8
Chorus
के होला यो जीवन भनेको,
आँसु हो कि हाँसो हो यो
धर्म-कर्मको पुरानो रिवाज हो कि
(स्वर्गको नौलो आवाज हो) (२)
Verse
शान्ति विश्वमा हराइरहेछ,
आफ्नो शत्रु मान्छे आफै नै बनेछ
आतङ्क, अन्यायको डढ़ेलो सल्केछ
(हाम्रो निर्लज्जता यो सडकमा सल्केछ) (२)
येशूको आवाजलाई एक पल्ट सुनिहेर शन्ति
विश्राम दिने वचन एकपल्ट बुझिहेर ।
Verse
मान्छे आफैले आफ्नो आत्मालाई कति
दाम तिरी बचाउन सक्छ र ?
पूजा र भक्ति, आफ्नै प्रयत्नले मैलो
पाप हाम्रो बगाउन सक्छ र ? (२)
येशूको कष्ट र वेदना एकपल्ट बुझिहेर,
स्वर्गमा कोरेका योजना
कलवरी डाँडालाई हेर के होला यो ?