KB · Hymns · #222
आहा कति मीठो वचन प्रभुले दिएको रचना
C2/2
Chorus
आहा, कति मीठो वचन, प्रभुले दिएको रचना (२)
Verse
जब म वचन पढ़्दछु झन् ठूलो इच्छा बढ़्दछ
जब म वचन सुन्दछु तब मन खुशीले भर्दछ ।
Verse
जब म पापले भरेथेँ तब अन्धकारले छोपेथेँ
प्रभुले मलाई बोलाउनुभो’ अनि खुशीको खबर सुनाउनुभो’
Verse
म, तिमी, हामी, सबै पापी थियौँ अनि साँचो प्रभुलाई चिन्दैनथ्यौँ
प्रभु आए आफै स्वर्ग छोड़ेर, हाम्रोलागि उज्यालो ज्योति बालेर ।
Verse
क्रूसमा प्रभु मर्नुभयो, हाम्रो पापको भार उठाउनुभयो
मृत्युबाट प्रभु बौरी उठ्नुभो’ र हामीलाई स्वर्गको ढोका खोल्नुभो’ ।
Verse
आऊ दाज्यू-भाइ दिदी-बहिनी, प्रभुको मीठो बचन पढ़्न
आफ्ना पापलाई हटाई साँचो प्रभु येशूमा विश्वास गरन ।