KB · Hymns · #108
नेपाली पापी मनलाई पखाली
Am4/4
Chorus
नेपाली, पापी मनलाई पखाली, येशूको छेउमा जाऔँ (२)
Verse
पिलातुसले येशूज्यूलाई कोर्रा लगाइदिए (२)
क्रूस बोक्न कुरेनी भाइले (येशूलाई सघाइदिए) (२)
Verse
सबै मिली येशूज्यूलाई काँटी ठोकिदिए (२)
सबै हाम्रो पापको भारी (येशूले बोकिलिए) (२)
Verse
क्रूसद्वारा बग्यो ठूलो रगतको धारा (२)
पापी सबै प्रवेश गर्ने (यही हो मुक्तिको द्वार) (२)
Verse
गलगथाको पहाड़ैमा बलिदान भए (२)
प्यारो प्रभु येशूज्यूले (प्राण दान गरिदिए) (२)
Verse
शुक्रबारको तेस्रो पहर येशूले प्राण त्यागे (२)
मृत्यु नीदमा परेको प्रभु (तेस्रो दिनमा जागे) (२)