KB · Hymns · #802
दुःखले बार बार दबिन्छौं
G3/4
Verse
दुःखले बार बार दबिन्छौं यहाँ समस्या उठ्छन् जहाँ तहाँ
आँसु लिई उरमा बढ्दछौं पथमा,
प्रश्न उठ्छ यस्तो किन यहाँ अरू सुखमा बस्तछन् ?
Chorus
प्रभुको पथमा बढ्दै जाँदा कारण सब थाहा हुनेछ
हरेस नखाऊ धीरजवन्त होऊ मीठो प्रतिफल छ ।
Verse
मसीहका जन हौं, सेवा गर्दछौं ठिहिर्याउने हिउँमा,
पोल्ने घाममा सुस्केरा हाल्दै परिश्रम गर्छौं,
प्रश्न उठ्छ यस्तो किन यहाँ अरू जब चैनमा बाँच्दछन् ?
Verse
मृत्यु यहाँ आउँछ घायल पार्छ, पार्छ घर उजाड,
नीरव, शून्य व्यथा लिई उरमा चारतिर हेर्छौ,
प्रश्न उठ्छ दुष्ट किन यहाँ मौलाउँदछन्, चैनमा रहन्छन् ?
Verse
ख्रीष्टको इच्छालाई सब स्वीकार गरौं चाहे होऊन पीर, रोदन वा
कुनै थोक उनले हानिका निम्ति दिनेछैनन्, दिएनन्
भलाईकै निम्ति नै सबै थोक दिन्छन् ।