KB · Hymns · #326
कृतज्ञ भई शिर झुकाई
D2/4
Chorus
कृतज्ञ भई, शिर झुकाई जीवन चढ़ाउन आएकोछु,
अमूल्य भेट अरू के छ र ? (जीवन मेरै अर्पेको छु) (२)
Verse
टाढ़ो जाँदा प्रेमलाई भुली, घायल हुन्छ मन प्रभुको (२)
(हुन्छु नजीक) (२) (तिम्रो नै सक्तिनँ म जान टाड़ो) (२)
Verse
मनलाई खिँच्ने वैभव जगतका, विलास बन्लान बाधक मेरा (२)
ख्रीष्टको अद्भूत प्रेमैको निम्ति त्यागछु यिनलाई मनैबाट (२)
Verse
प्रेम छ अगाध प्रभु तिम्रो नै, बयान गर्ने शक्ति छैन (२)
अनन्तकाल सेवा नै गरूँ, यस प्रेमबाट उऋण म हुन्नँ (२)
Verse
जगको निम्ति जिउँदिनँ, प्रभु, न ता जिउँछु आफ्नै निम्ति (२)
सक्तिनँ म अर्पण नगरी छोटो जीवन तिम्रो नै निम्ति (२)
Verse
दुःखित छु म समयको निम्ति बितेथ्यो जो सहँदा पापमा (२)
बाँकी जीवन कृतज्ञतामा अर्पित होस् प्रभुकै सेवामा (२)