KB · Hymns · #251
जीवनको के भरोसा दुइ दिनको जीवन खेलमा
D4/4
Chorus
जीवनको के भरोसा दुइ दिनको जीवन खेलमा
प्रभुको स्तुति गाऔँ (३)
Verse
आशा गर्दछौ व्यर्थमा यो विध्या, बुद्धि धनमा (२)
लिएर घमण्ड मनमा लाभ हुन्न यो जीवनमा (२)
Verse
हे ख्रीष्टीय लोग हो, जाग पापमय जीवनलाई त्याग (२)
स्वर्गीय आशिष् माग, प्रभुको निम्ति जाग (२)
Verse
करुणा-सागर येशू, उनी हुन् हाम्रो सहारा (२)
प्रभुकहाँ हामी जाऔँ, प्रभुको स्तुति गाऔ (२)