KB · Hymns · #755
खोलेर हृदय आऊ प्रभुकहाँ
Chorus
खोलेर हृदय आऊ प्रभुकहाँ, छ मुक्ति केवल प्रभु येशूमा (२)
कहिलेसम्म चूप लागी बस्ने हो ? तयार होऊ न्यायमा उभिनलाई
तयार होऊ स्वर्ग जानलाई । खोलेर हृदय... ।
Verse
गर्भैमा मानिस पापसहित हुन्छन्, धर्मी कोही हुँदैनन् (२)
लोभ, डाहा, घृणा, कपट, अभिमान, पापका दाग यस्तै छन् (२)
Verse
धर्म-कर्मको च्यादरले ढाक्दा कुनै पाप ढाकिँदैन (२)
पापका दाग मेटी धर्मी तुल्याउने औषधी केही छैन (२)
Verse
लापरवाह बनी संसारमा डुब्दा मृत्यु आई गाँज्नेछ (२)
पापैको ज्याला नरकमा पर्दा बचाउने को हुन्छ ? (२)
Verse
पापैमा मरी आत्मा नाश पारी तिमीले के पाउँछौ ? (२)
छटपटी, रुवाइ, असह्य जलन, यही नै पाउँनेछौ (२)
Verse
पाप तिम्रा थिए दण्ड तिम्रो नै, बचाउन तिमीलाई (२)
दुःख सहे क्रूसमा, रगत बहाए तिम्रा पाप धुनलाई (२)