KB · Hymns · #407
वीर हौँ हामी
C6/8
Chorus
वीर हौँ हामी, वीर, प्रभुका सेना बनेका छौँ
जयवन्त प्रभुको आज्ञा पाई घोषणा गर्दछौँ
Verse
एक मात्र जीवन यो ऋणी छु येशूको
बाँकी जीवन पूर्ण समय आफ्नो होइन, तपाईंको ।
Verse
दगुर्दै-दगुर्दै मुक्तिका राँका लिई
आफ्नो देशको सब जिल्लामा चम्कन जाऊँ ज्योति, भई ।
Verse
बाटो छ उकालो, कष्टले भरेको
डाँड़ापारि देख्दछु म, कति आत्मा मरेको ।
Verse
यो देशले जबसम्म ख्रीष्टको प्रेम चाख्दैन
सुख-चैन त्यागी क्रूसै बोकी जाँदै नगई भएन ।