KB · Hymns · #800
समुद्रको छाल जस्तै दुःख र कष्ट
E3/4
Chorus
समुद्रको छाल जस्तै दुःख र कष्टहरूले जब जब दबिन्छु
साँचो पुकार गर्छु बचाइदेऊ प्रभु, बचाइदेऊ प्रभु ।
Verse
पत्रुसले झैं सागरमाथि हिँड्ने अभिलाषा राख्थें मैले तर सकिनँ प्रभु
विश्वासले हिँड्न आइ पर्ने क्लेसलाई मैले हेरें
हो, प्रभु तिमीलाई हेर्न भुलें, यहाँ म शून्य शून्य नै बने ।
Verse
रूवाएँ प्रभु तिमीलाई सधैं घमण्डी म बनेर आफ्नै योग्यतालाई
सर्वस्व ठानें जीवन जहाजमा एक्लै भएँ
हो, प्रभु यो जीवन रित्तो छ, यहाँ म केवल रित्तै मात्र छु ।
Verse
आउँदै छु प्रभु, साँचो पुकारा सारा हृदयले गर्दै पत्रुसलाई झैं
मलाई पनि हे प्रभु कोमल हात दिई उठाइदेऊ
हो, प्रभु म डुब्न लागेकोलाई बचाइदेऊ, प्रभु म तुच्छलाई ।