KB · Hymns · #561
घाम उदाउँछ पूर्वबाट
C2/4
Chorus
(घाम उदाउँछ पूर्वबाट, अस्ताउँछ पश्चिममा
मेरा ख्रीष्ट येशू राजा, राज गर्छन् ममा) (२)
Verse
(कोही पुज्छन् ढुङ्गालाई, कोही पुज्छन् मूढ़ालाई) (२)
(तर म पुज्दछु जीवित प्रभुलाई) (२)
Verse
(कोही गर्छन् भाकल, कोही गर्छन् स्नान) (२)
(तर म गर्दछु प्रशंसा येशूकै) (२)