KB · Hymns · #156
हे प्रभु स्वर्ग र जगतका
F3/4
Verse
हे प्रभु स्वर्ग र जगतका तपाईंको स्तुति महिमा
योग्य धन्यवाद असाध्य छ, हे सर्वदाता ।
Verse
घाम, हावा, फूल र फल निरोग जुन-जुन वरदानको गर्यौँ भोग
ती सबका मानौँ गुण सब जन, हे सर्वदाता ।
Verse
संसारको लागि दिनुभो’ दान आफ्नै एकलो पुत्रको
झन् सब थोक दिनुहोला, हे सर्वदाता ।
Verse
दिनुभो’ अझै आत्मा दान र देओस् सब सच्चाइँका ज्ञान
बनाइदिइ नयाँ मन भई फलदाता ।
Verse
पाप मोचन पायौँ, प्राण उद्धार, अनुग्रह रीत स्वर्गाधिकार
योग्य साटो दिऊँ कुन प्रकार, हे स्वर्गदाता ।
Verse
हराइन्छ खर्च अपस्वार्थका जो ऋण तपाईंलाई दिऊँला
त्यो मात्र रहन्छ सदा, हे सर्वदाता ।
Verse
जुन धन दिऊँला तपाईंलाई बढ़ाइन्छ सय गुणा सय
तपाईंलाई दिन्छौँ त रमाई, हे सर्वदाता ।
Verse
तपाईंले जीवन दिनुभो’ चढ़ाऊ बलि जिउँदो
तपाईंको दानको साटो यो, हे सर्वदाता ।