KB · Hymns · #218
जगत् संसार केही पनि छैन
G2/2
Verse
जगत् संसार केही पनि छैन सुन दाज्यू-भाइ (२)
विश्वास गरौँ हामी सबले, मुक्ति पाउनलाई (२)
Chorus
ख्रीष्ट येशू छन्, ख्रीष्ट येशू छन्
ख्रीष्ट येशू छन्, तयार मुक्ति दिनलाई
Verse
लोभै गर्छौ, लालच गर्छौ संसारको थोकलाई (२)
यी सबै थोक केही पनि होइन साथमा जानलाई (२)
Verse
आऊ सबै फिक्री गरौँ मुक्ति पाउनलाई (२)
येशूबाहेक अरू छन् छैन केही उपाय (२)
Verse
आऊ सबै दाज्यू-भाइ हो, सुन मन लगाई (२)
ख्रीष्ट येशू तारणहारको निम्तो छ सबलाई (२)