KB · Hymns · #633
बेथलेहेम गावैंमा दाऊदको शहरैमा
E6/8
Chorus
बेथलेहेम गावैंमा दाऊदको शहरैमा (२)
(जन्मिए मुक्तिदाता तिम्रो हाम्रो लागि) (२)
Verse
मानिसको चोला बोकी आउनुभो’ धर्तीमा,
पापलाई बोकी मर्नुभयो कलवरीको क्रूसैमा (२)
(आफैलाइ रित्याई आज बचाउनुभो’ तिमी हामीलाई) (२)
Verse
मुक्ति दिने कोही छैन यो पापी संसारमा,
स्वर्गलाने कोही छैन यो पापी जगत्मा (२)
(येशू जन्मे धर्तीमा स्वर्ग लान तिमी हामीलाई) (२)