प्रभुको जन्म भयो बेथलेहेमको गावैँमा
Chorus
प्रभुको जन्म भयो बेथलेहेमको गावैँमा
Verse
डुँड़ैमा बालक येशू पस्रनुभो’, रात अँध्यारोमा
मरियमको काखैमा इम्मानुएल प्रभु जन्मनुभो’ ।
Verse
चमचम चम्किरहेका जून-तारागण बलिरहेका खुशीको साथ
आऊँ शरणमा हामी, जाऊँ चरणमा हामी,
सुन्दर बालक येशूकहाँ ।
Verse
गोठालाहरूले, ज्योतिषीहरूले आएर हेरे येशू ख्रीष्टलाई
आऊँ शरणमा हामी, जाऊँ चरणमा हामी,
सुन्दर बालक येशूकहाँ ।