KB · Hymns · #159
निरन्तर रहने प्रेम ख्रीष्ट येशूको
G6/8
Chorus
निरन्तर रहने प्रेम ख्रीष्ट येशूको, अनुग्रह असीम अपार
गाउनेछौँ महिमा इम्मानुएल प्रभुको होस्, उहाँको जयजयकार
Verse
पापको दास थियौँ हामी नरककुण्डको भागी
पापै नजान्ने मसीह येशू प्रभुले सबै दोष हटाउनुभो’ (२)
Verse
धन्यवाद येशूलाई नचढ़ाई सक्छौँ कहाँ ? हाम्रो उहाँ सृजनहार
तोड़्नुभो’ डरलाग्दो शक्ति सब पापको, हटाउनुभो’ घोर अन्धकार (२)
Verse
अयोग्य भए पनि ज्योतिका सन्तान हामी
यस्तो त्राणकर्ता प्रेमी येशू प्रभुलाई चढ़ाऔँ सबैले धन्यवाद (२)
Verse
आनन्दित छौँ आज, शक्ति पापको भयो नाश, छुटकारा दैनिक जीवनमा
सम्पूर्ण हृदयलाई शुद्ध स्वच्छ पारेर दिनुभो’ ख्रीष्टले गीत नयाँ (२)
Verse
जयजयकार मसीह येशू, गाउनेछौँ प्यारो प्रभु
बाटोमा तपाईंको जस्तै भए पनि स्तुति गाउँदै नै जानेछौँ (२)