KB · Hymns · #328
मुटुभरि-भरि, छाती वरिपरि मेरो प्रभुको माया
C6/8
Chorus
मुटुभरि-भरि, छाती वरिपरि मेरो प्रभुको माया
नाप्न सक्दैनौँ, अपार छ उनको प्रेमी छत्रछाया;
ख्रीष्टकै प्रेममा डुब्छु, ख्रीष्टकै प्रेममा भुल्छु म सदा-सदा
छुटाउन सक्छ कुन चीजले, भन कसले गर्छ बाधा
Verse
उनको प्रेम आकाशभन्दा अग्लो, सागरभन्दा गहिरो
अस्यन्त दामी, भेदभावरहित, अवर्णनीय (२)
सित्तैमा पाइने कहिल्यै नपुग्ने (२)
कसले दिन्छ त्यस्तो प्रेम हाम्रै मुक्तिदाता येशू ।
Verse
जब म हराएको थिएँ, सहाराहीन थिएँ यो पापी जगमा
प्रभु आउनुभो’, मेरै नै सामु (२)
मायालु हातले तान्नुभो’ मलाई (२)
कसले गर्यो त्यस्तो प्रेम हाम्रै मुक्तिदाता येशू ।