KB · Hymns · #808
माफ माग्नु अघि नै माफ दिने येशू
D4/4
Chorus
माफ माग्नु अघि नै माफ दिने येशू (२)
आँसु खस्नु अघि नै आँसु पुछ्ने येशू (२)
विरोधीलाई पनि प्रेम गर्ने येशू
(पापीलाई सधैं क्षमा गर्ने येशू) (२)
Verse
युद्ध हुनु अघि नै मिलाप दिने येशू
जाइलाग्नु अघि नै हात मिलाउने येशू (२)
शत्रुलाई पनि साथी भन्ने येशू
(मृत्युलाई जिती जीवित हुने येशू) (२)
Verse
प्रार्थना गर्नु अघि नै उत्तर दिने येशू,
संगत गर्नु अघि नै हाम्रा बीचमा येशू (२)
विश्वासीलाई विजय दिने येशू,
(सदा सर्वदै साथ हुने येशू) (२)