KB · Children Songs · #63
मलाई बाइबल मनपर्छ, परमेश्वरको वचन हो
C4/4
Chorus
(मलाई बाइबल मनपर्छ, परमेश्वरको वचन हो
मजस्तै मानिस र येशूले गरेका कामको वर्णन हो) (२)
Verse
(उत्पत्तिमा पाउँछौँ हाम्रो सृष्टि, प्रस्थानमा छुटकारा
लेवीमा आए पूजाहारीहरू, गन्तीमा वीर योद्धा) (२)
एस्तरले बचाइन् यहूदीहरू, रुथले नाओमीलाई
सानो शमूएल प्रतापी, दाऊद एज्रा र नहेम्याह ।
Verse
न्यायकर्ता राजा, इतिहास सबैले मिलेर
गर्छन् है महान् परमेश्वरको ठूलो नै बयान
सुसमाचार, प्रेरितका काम, पत्रहरू, प्रकाश पुस्तक
आउनुहुने फेरि येशू स्वर्ग-राजाको पूर्णता ।