KB · Hymns · #617
हार मेरो स्वीकारेर
E4/4
Chorus
हार मेरो स्वीकारेर तिमीलाई अर्पन्छु
लेऊ प्रभु जीवन मेरो तिमीलाई सुम्पन्छु (२)
Verse
आफ्नो जीवन दिई हेर्दा कष्टहरू भार भए
चारैतिर अँध्यारो ती बाटोहरू भए (२)
सुन्छु तिम्रो छेउ हुँदा शान्तिको बास छ
अशान्तिले थिच्यो प्रभु देऊ बास तिम्रो छेउ ।
Verse
जुनै आइला अघि सार्छु उति बिज्ने काँडाहरू
चारैतिर अप्ठ्यारो ती बाटोहरू भए (२)
सुन्छु तिम्रो विजय गाथा अपेक्षा गरौन
मनको पिरले थिच्यो प्रभु अङ्गालोमा लेउ मलाई ।